Monday, October 4, 2021

लोकतन्त्रकै लोकतन्त्रीकरण अपरिहार्य

लोकतन्त्रकै लोकतन्त्रीकरण अपरिहार्य: भूमिका– लोकतन्त्र महँगो र झञ्झटिलो व्यवस्था हो तर यसको विकल्प छैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । त्यसैले लोकतन्त्रकै लोकतन्त्रीकरण गर्नुपर्ने खाँचो आजको नेपाली राजनीतिको हो भन्ने तथ्यका बारेमा चर्चा गर्नु यो आलेखको आशय रहेको छ । सबैभन्दा सस्तो र कम खर्चिलो शासन व्यवस्था जहानियाँ राणा शासन थियो होला । त्यो आमनेपालीका लागि उचित थिएन । पञ्चायत जचेन । संवैधानिक राजतन्त्र पनि जचेन । ज्ञानेन्द्रको शासन जचेन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सात दशक लामो त्याग, बलिदान र सङ्घर्ष गरेर हजारौँ शहीदको बलिदानको मूल्यमा यो शासन व्यवस्था प्राप्त भएको छ । त्यसैले यसको विकल्प यही हो । यसको थप लोकतन्त्रीकरण नै आजको आवश्यकता हो ।

Tuesday, September 21, 2021

संविधान कार्यान्वयनको अन्तर्य

संविधान कार्यान्वयनको अन्तर्य: संविधान सभाबाट जारी भएको संविधानको सातौँ वर्ष भव्यताका साथ मनायौँ । सातौँ संविधान दिवस मनाउँदै गर्दा संविधानको कार्यान्वयन के कति भयो ? जनताप्रति गरिएका प्रतिबद्धता के कति पूरा भए ? जगाइएका अपेक्षाहरूको हालको अवस्था के छ ? लगायतका अहं प्रश्नलाई केन्द्रमा राखेर गम्भीर समीक्षा गर्न जरुरी भएको छ ।

Friday, September 10, 2021

राजनीतिक शुद्धीकरणको अवसर

राजनीतिक शुद्धीकरणको अवसर: नेपालमा राजनीतिक पार्टीहरूको शुद्धीकरणको चर्चा बाम्बार हुने गर्छ तर चाहेजस्तो शुद्धीकरण भने हुन सकेको छैन । तीस वर्षको पञ्चायतका विरुद्ध सङ्घर्ष गरेको पुस्ता स्वयंले यताको तीन दशक शासनको बागडोर समालिसकेको छ तर विकृति र विसङ्गति रोकिएको छैन । लोकतन्त्र अझै संस्थागत हुन सकेको छैन । देशले आर्थिक तथा सामाजिक परिवर्तनको गति लिन सकेको छैन । राजनीतिक शुद्धीकरणमा दलहरू चुकेको विवेचना र अब अगाडि बढ्ने बाटो के हुन सक्छ भन्ने प्रसङ्ग यो लेखको मुख्य ध्येय हो ।

Monday, August 30, 2021

राजनीतिक परिदृश्यमा नेतृत्व सङ्कट

राजनीतिक परिदृश्यमा नेतृत्व सङ्कट: यतिबेला विश्व राजनीति गम्भीर सङ्कटबाट गुज्रिएको छ । अमेरिका–चीनबीचको बढ्दो असमझदारी, चीन, रुस र अमेरिकाबीचको भ्याक्सिन प्रतिस्पर्धा एवं कोरोना सङ्क्रमणपश्चात्को अर्थतन्त्रको सङ्कटलाई समाधान गर्ने चुनौतीजस्ता विषयले चुलिएको विश्व राजनीतिको सङ्कट अफगानिस्तानमा पोखिएको छ । विश्व राजनीतिबाट प्रभावित नेपाली राजनीति भने झनै घरेलु राजनीतिक सङ्कटमा रुमल्लिएको छ । पार्टीका भेला, सम्मेलन, महाधिवेशन गर्ने वा नगर्ने, गर्न सक्ने वा नसक्नेजस्ता झिनामसिना विषयका कारणले पनि राजनीतिक पार्टीहरू एक प्रकारको सङ्कटबाट गुज्रेका छन् । यिनै विश्व राजनीति र नेपाली घरेलु राजनीतिको सङ्क्षिप्त चर्चासँगै नेपाली राजनीतिका भावी दिनका बारेमा चर्चा गर्ने यस आलेखको आशय रहेको छ । á विश्व राजनीति

Tuesday, August 10, 2021

नयाँ सरकारका ऐतिहासिक कार्यभार

नयाँ सरकारका ऐतिहासिक कार्यभार: संविधान सभाबाट संविधान जारी भएपछिको निर्वाचित प्रतिनिधि सभाबाट गठन भएको यो दोस्रो सरकार हो । यो सरकारले बहुमत होइन, दुईतिहाइ पुग्ने गरी विश्वासको मत प्राप्त गरिसकेको छ । संविधान विपरीत छ महिनाको अन्तरालमा दुई पटक प्रतिनिधि सभा विघटन र पुनस्र्थापनाको खेलका विरुद्धमा यो सरकार र प्रतिनिधि सभा पूर्ण कार्यकालका सारथि हुनेछन् । संविधान जोगाउने, संसद् जोगाउने र सांसदहरूको पूरा आयु जियाउनेसँगै यो सरकारका काँधमा इतिहासले सुम्पेका थुप्रै गुरुत्तर कार्यभार छन् ।

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...