Welcome to all in my blog, NEPALI IDEA. This is my personal blog. All ideas do not necessarily reflect and represent my other positions. Dr. Khimlal Devkota, basically a writer and Researcher. Faculty, ICMS, Interim Constitution Drafting Committee Member, Constituent Assembly Member/Senior Advocate, Board of Directors, National Legislative Academy.
Friday, December 18, 2015
Thursday, November 12, 2015
वैकल्पिक धारको अपहिार्यता :खिमलाल देवकोटा
राजनीति विकल्पै विकल्पको खेल हो भने समयको गतिसंगै विद्यामान परिस्थितिको विकल्पका रुपमा चालु राजनीतिको विकल्पका रुपमा अर्को नया धार र राजनीति अपरिहार्य जस्तै वन्दछ । यसो वन्न सकेन भने राजनीति पनि धर्म शास्त्र वन्छ जसको कहिल्यै विकल्प खोजिदैन र धर्मशास्त्रमा कहिल्यै वहस गरिदैन विकल्प खोजिदैन र सो को आखा चिम्म गरेर अनुशरण गर्नु नै सच्चा अनुयायी ठहर्छ । धर्म र राजनीतिको यो भिन्नताका वीच पनि नेपाली समाजमा भने धर्म र राजनीतिलाई एक सिक्काका दुई पाटाका रुपमा वुझने र दशकौदेखि चलिआएको नीति विधि विचार र नेतृत्व विना शर्त स्वीकार्न पर्ने र जीवनपर्यन्त नेता भएरै आर्यघाट जाने प्रवृत्ति मौलाएको परिप्रेक्षमा वैकल्पिक राजनीतिक धारको अपरिहार्यताका वारेमा चर्चा गर्न कोशिश गरिएको छ ।
विज्ञानको नया आविष्कार पछि पनि सो प्रति प्रतिप्रश्न गर्दै नया आविष्कारको थालनी हुन्छ लामो प्रयत्न पछि सोको सफलता हासिल हुन्छ । राजनीतिमा नेतृत्वले दुर दृष्टि राख्न पर्छ र वस्तुगत परिस्थितिको सही आंकलन गरी सोका आधारमा वर्तमानको विकल्प प्रस्तुत गर्न सक्नपर्छ । राजनीतिमा जव यस कुराको अभाव हुन्छ समाजमा गतिमन्धता आई पर्छ । यही गतिमन्दताको शिकार विश्वव्यापि रुपमा विश्व समाजले नै र नेपाली धरातलीय यथार्थको हिसावले पनि नेपाली समाज भएको छ । विश्वव्यापि रुपमा शासन गर्ने राजनैतिक आधार समाप्त भएर धार्मिक आधार क्रिश्चियानीटी वनेको छ र ईस्लामिक स्टेट विरुद्धको आक्रमण विश्व राजनीति वनेको छ भने नेपाली राजनीतिमा राणा विरुद्धको कृयाकलाप पंचायत विरुद्धको कृयाकलाप जनयुद्ध र ज्ञानेन्द्रको शाही कु को पक्ष र विपक्षमा लाग्नु एक अर्कालाई विध्वंश गर्नु नै राजनीति मानिन्थ्यो अव त्यो चरण समाप्त भएको छ र अव विध्वंशको हैन निर्माणको राजनीति आरम्भ गर्नु जरुरी भएको छ यस कारण हाल कायम रहेका राजनीतिले मिति सकिएको औषधि भएका कारण पनि वैकल्पिक राजनीतिको अपरिहार्यता देखिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भए पछि नेपाली राजनीति वदलिएको छ । पुजिवादी चरणमा प्रवेश गरेसंगै नेपाली समाजको चरित्र पनि वदलिएको छ राजनीति र समाजको वदलाव संगै मानवीय चेतनामा पनि वदलाव आएकोछ । वदलिएको चेतनालाई नेतृत्व गर्न राजनीति वदलिन जरुरी छ तर वदलिन नसक्ने राजनीतिले विश्राम लिने पक्का छ । पुरानोको निरन्तरताको कार्यसुचि वनाएका राजनीतिक पार्टीहरु ढिलो चाडो अवसान हुने नै हो । अवसान हुनु अघि नै सो को विकल्प तयार गर्न पर्छ त्यसकारण पनि वैकल्पिक राजनीतिको आवश्यकता पुष्टि हुनेछ ।
विश्वका कैयौ विकसित मुलुकहरुमा पनि विद्यामान राजनीतिको वैकल्पिक धार विकास गरिरहेकाछन् र तिनले आफनो औचित्य पुष्टि गर्न सफल पनि भएका छन् । डेनमार्कको अल्टरनेटिभ पार्टी यसको ज्वलन्त उदाहरण हो । जसले पुरानो तरिकाको राजनीति जो नेतावाट कार्यकर्तामा पुग्छ माथिवाट तलको यात्रा तय गर्छ र नीति निर्माणको ठेक्का खास केही टाठावाठा र माथि वसेकाले मात्रै लिन्छन् तल वसेकाहरुको जिम्मा वुझि वा नवुझी सो को कार्यान्वयन गर्ने मात्रै हुन्छ । अर्थात राजनीतिमा दुईखाले वर्ग स्थायी रुपमा वचाईराख्ने कोशिस गर्छ । यो राजनीति अव मिति सकिएको औषधि जस्तै भैसक्यो भन्दै राजनीति केही खास मान्छेको पेशा हैन यो त जनसेवा हो । राजनीति राज्यको र सिंगो समाजको सरोकारको विषय हो त्यसैले नीति माथिवाट हैन तलैवाट वन्न पर्छ नेतृत्व कसैको टिका लगाएर वा स्वघोषित हैन जन अनुमोदनवाट मात्रै प्राप्त हुन्छ । चुन्ने मात्रै हैन फिर्ता वोलाउन पनि मतदाताले अधिकार राख्दछन् भन्ने मान्यतालाई अघि सारयो र निकै छिटै उ स्थापित पनि भयो । ठीक त्यसै गरी अमेरिका वा वेलायत वा रुस वा चिन नै किन नहुन उनीहरु कहिल्यै विगतको चर्चामा राजनीति गरेनन् सधैभरी भविश्यको योजनाका आधारमा मुलुकलाई अघि वढाउने खाका पेश गरे र तयसैलाई जनताको तल्लो पक्तिले स्वीकार वा अस्वीकार गरेका आधारमा उनीहरु पार्टी संचालन वा राज्य संचालन गर्ने हैसियतमा छन् । तर अविकसित मुलुकहरुको विरासत भने विगतको चर्चा र ईतिहासको व्याजमा राजनीतिक दल नेता नेतृत्वमा रहनुपर्ने दावा र आदत आज पर्यन्त पनि कायम छ । त्यसैले त हामी पछि परेका छौ भन्ने कुरालाई आत्मसात गर्ने हो भने यो परम्परा तोडन जरुरी भएको छ । त्यस कारण पनि वैकल्पिक धारको विकासको खाचो भएको छ ।
समाजको गति संगै चल्न नसक्ने राजनीति ईतिहासको वस्तु वन्न पुग्छ नै त्यस तथ्यलाई वेलैमा आत्मसात गर्दै नेपाली समाजकालागि पनि उपयुक्त विधि र प्रकृया सहितको नया तथा वैकल्पिक राजनैतिक धारको खाचो महशुश भएको छ । राणा र राजाको निरंकुशताको अन्तकालागि वनेका पार्टीहरु गणतन्त्र प्राप्ती पछि पनि त्यही रुपमा राख्ने भनेको राणा वा राजाका स्थानमा नेताहरुलाई राख्ने घुमाउरो मनसाय हो । राणा र राजाका ठाउमा यो वा त्यो नेतालाई विराजमान वनाउदैमा राजनैतिक परिवर्तनको अनुभुति दिलाउन सकिदैन । त्यसैले हिजो जे उद्देश्यकासाथ गठन भएका पार्टी हुन तिनले त्यो उद्देश्य हासिल भए पछि पनि सोही रुपमा निरन्तर चलाई राख्ने कुरा सर्वथा अनुचित हुन्छ त्यसैले नया वैकल्पिक विचारको विधिको नेतुत्वको कार्यशैलीको र कार्यक्रमको विकास गरौ ।
Subscribe to:
Comments (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
नेपाल नया संविधान लेखनको चरणमा छ । नया संविधान किन र कसरी भन्ने विवाद टुगिसकेको छ तर नया संविधान कस्तो भन्ने विवाद वाकी छ । यही नया संविधान ...
-
https://khabarhub.com/2025/30/796843/ आर्थिक वर्ष २०८१/८२ को बजेट संघीय संसदका संयुक्त वैठकमा विहीबार पेश भएको छ । सरकारले पेश गरेको बजेटम...
-
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...